मोबाइल मर्मत तालिम | Mobile Marmat Talim
आउनुहोस छोटो समयमानै मोबाईल बनाउन सिक्नुहोस त्यो पनि अनुभबी इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ्ग गरेका शिक्षकहरुबाट मात्र ७५ दिनमा। तपाइलाई योग्य, सामर्थ र सक्षम बनाउने योजनाका साथ कक्षा संचालन हुदै छ। कृपया इछुक महानुभाबहरुले फोन कल वा मेसेज गर्नु होला। हामीकहाँ अन्तराष्ट्रिय स्तरको ल्याव, हरेक सर्किट टेस्ट गर्न सकिने टेस्टिङ इक्युबमेन्ट र इन्टरनेशनल सर्विस सेन्टर पनि भएको हुनाले हामी तपाईको लगानीको ग्यारेन्टी गछौँ र दक्ष नहुन्जेलसम्म सिकाएर आत्मनिर्भर बनाउँछौ’ ।
यो कोर्स विशेषगरी शुरुआती विद्यार्थी र प्राविधिकहरूलाई मोबाइल मर्मत सीप सिकाउनका लागि डिजाइन गरिएको हो। नेपालमा मोबाइल फोनको प्रयोग व्यापक रूपमा बढिरहेको छ र दक्ष मर्मत प्राविधिकहरूको माग दिनप्रतिदिन बढ्दै गएको छ। काठमाडौंको मुटुमा अवस्थित युनिभर्सल इलेक्ट्रोनिक्स इन्स्टिच्युट नेपालमा इलेक्ट्रोनिक्स र मोबाइल मर्मत तालिमको अग्रणी संस्था हो। सन् २००० देखि सञ्चालनमा रहेको यस संस्थाले हजारौं विद्यार्थीलाई दक्ष प्राविधिक बनाउँदै आत्मनिर्भर बनाएको छ।
हाम्रो मोबाइल फोन मर्मत तालिम कोर्सको मुख्य उद्देश्य विद्यार्थीहरूमा बलियो प्राविधिक सीप विकास गर्नु हो, जसले उनीहरूलाई तालिम पूरा गरेपछि तुरुन्तै कम्पनीमा काम गर्न वा आफ्नै मोबाइल मर्मत व्यवसाय सुरु गर्न आत्मविश्वास प्रदान गर्छ,गर्ने छ ।
- मोबाइल पार्ट रिेपेरिग
- मोबाइल बोर्ड रिपेरिग
- मोबाइल जम्पर रिपेरिग
- मोबाइल आइ्सि चिप रिपेरिग
- मोबाइल सर्किट रिडिग
- मोबाइल सेक्युरिटि अनलक
- मोबाइल नेटवर्क अनलक
- मोबाइल FRP अनलक
🎯 हाम्रो उद्देश्य
यो तालीम कार्यक्रम सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरुले निम्न उद्वेश्यहरु पूरा गर्ने छन ।
- मोबाइल फोन सम्वन्धी संचार प्रणाली संग परिचित हुने ।
- मोबाइल फोनको सामान्य हार्डवेयरको समस्याहरु पहिचान गरी त्यसको मर्मत सम्भार गर्ने ।
- मोबाइल फोन सम्वन्धी आधारभूत सफ्टवेयर समस्याहरु पहिचान गरी त्यसको समस्या समाधान गर्ने ।
युनिभर्सल इलेक्ट्रोनिक्स इन्स्टिच्युटको उद्देश्य प्रविधिक तथा व्यावसायिक सीप प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ अग्रसर आत्मनिर्भर पुस्ता निर्माण गर्नु हो। सिप नजान्नेहरूलाई सिप सिकाउने, आधारभूत सिप लिएकाहरूलाई दक्षता स्तरोन्नति गराउने मेलाको हाम्रो लक्ष्य हो
हाम्रो मोबाइल मर्मत तालिमहरू आजको बजारको आवश्यकता अनुसार तयार गरिएका छन्। यी तालिमहरू अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा सिकाइन्छ, जसले विद्यार्थीहरूमा आत्मविश्वास र व्यावहारिक क्षमता विकास गर्न मद्दत गर्छ। यसरी, विद्यार्थीहरूले केवल सीप मात्र होइन, वास्तविक कार्यक्षेत्रमा काम गर्न आवश्यक दक्षता र आत्मनिर्भरता पनि प्राप्त गर्छन्।
व्यावसायिक तालिम कार्यक्रममा सहभागी भएर तपाईं मोबाइल मर्मत क्षेत्रमा सफल करियर बनाउन सक्नुहुन्छ र आत्मनिर्भर बन्न सक्नुहुन्छ। तालिमको अवधिमा विद्यार्थीहरूले मोबाइलका समस्या पहिचान गर्ने, स्क्रिन परिवर्तन गर्ने, चार्जिङसम्बन्धी समस्या समाधान गर्ने, मदरबोर्ड मर्मत गर्ने तथा सफ्टवेयरसम्बन्धी समस्या समाधान गर्ने सीपहरू सिक्नेछन्।
यस कोर्समा व्यावहारिक अभ्याससहित आधुनिक उपकरणहरूको प्रयोग, सुरक्षा विधिहरू तथा अनुभवी प्राविधिकहरूले प्रयोग गर्ने चरणबद्ध मर्मत प्रक्रियाहरू पनि समावेश गरिएको छ, जसले वास्तविक कार्यक्षेत्रमा काम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्छ।
तालिम हरेक दिन ६ सिफ्टमा सञ्चालन हुन्छ । विहान ७ बजे सुरु भएको तालिम ९ बजे सकिन्छ । ९ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । एउटा कक्षामा ६ जनालाई राखिएको छ । नयाँ कक्षा सन्चालन हरेक महिनाको ०१, १० र २० गते देखि हुन्छ। लामो समय दिन नसक्नेहरुका लागि छोटो समयमा दिनमा सिकाइने ब्यवस्था छ।
हरेक प्रशिक्षार्थीलेले २ सय घण्टाको तालिम प्राप्त गर्नुहुनेछ । तालिम को अन्त्यमा रोजगार मेला आयोजना गरेर आफूले सिप सिकेको क्षेत्रसँग सम्बन्धित निजी, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रका व्यक्तित्वहरुसँग अन्तरक्रियात्मक छलफल गराउने योजना छ । तालिमपछि उहाँहरुलाई अन िद ज़ब ट्रेनिङ्, स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ ।
🎯 किन युनिभर्सल इलेक्ट्रोनिक्स इन्स्टिच्युट रोज्ने?
✔ सन् 2000 देखि स्थापना भएको – 25 वर्षभन्दा बढीको अनुभव
✔ काठमाडौं उपत्यकामा मोबाइल मर्मत तालिम सुरु गर्ने पहिलो संस्था
✔ प्रमाणित र विश्वासिलो संस्था – CTEVT र ISO 9001:2015 प्रमाणित
✔ अनुभवी इन्जिनियरहरूबाट व्यावहारिक तालिम
✔ लाइभ प्र्याक्टिकल ट्रेनिङ – 20% थ्योरी + 80% प्र्याक्टिकल
✔ उत्कृष्ट विद्यार्थीहरूका लागि 100% रोजगार सहयोग
✔ कोर्ससँगै नि:शुल्क प्रमाणपत्र र PDF पुस्तक प्रदान
✔ पूर्ण रूपमा प्र्याक्टिकल र वास्तविक कार्य अनुभवमा आधारित तालिम
✔ आधुनिक उपकरण र प्रविधिसहित ह्यान्ड्स-अन प्रशिक्षण
✔ मोबाइल फोन स्केमेटिक डायग्राम पढ्ने र समस्या पहिचान गर्ने सीप
✔ सर्ट सर्किट ट्रेसिङ, जम्पर समाधान र IC परिवर्तन तालिम
✔ रियल डिभाइस रिपेयर र चिप लेभल मोबाइल मर्मत तालिम
✔ कोर्स पूरा भएपछि लाइफटाइम टेक्निकल सपोर्ट
✔ किफायती र सस्तो शुल्क संरचना
✔ विद्यार्थीका लागि बजेट-फ्रेन्डली होस्टल सुविधा उपलब्ध
मोबाइल मर्मत तालिम काठमाडौं
यदि तपाईं काठमाडौंमा उत्कृष्ट मोबाइल मर्मत तालिम खोज्दै हुनुहुन्छ भने, युनिभर्सल इलेक्ट्रोनिक्स इन्स्टिच्युट काठमाडौं, नेपालका शीर्ष प्रशिक्षण संस्थाहरूमध्ये एक हो। हामी IT तथा मोबाइल फोन मर्मत उद्योगमा लामो समयदेखि सक्रिय अनुभवी पेशेवरहरूको समूह हौं।
हामी विभिन्न प्रकारका प्राविधिक कोर्सहरू प्रदान गर्छौं, जसमा मोबाइल फोन मर्मत, कम्प्युटर तथा ल्यापटप मर्मत, र LCD/LED TV मर्मत तालिम समावेश छन्।
हामीले मोबाइल मर्मत विद्यार्थीहरूको करियर लक्ष्यलाई ध्यानमा राख्दै विशेष रूपमा व्यावसायिक तालिम कार्यक्रमहरू विकास गरेका छौं। हाम्रो संस्थाले गुणस्तरीय शिक्षा र व्यावहारिक सीप प्रदान गर्न प्रतिबद्धता जनाएको छ, जसले विद्यार्थीहरूलाई विविध र समावेशी सिकाइ वातावरणमा आफ्नो व्यावसायिक लक्ष्य प्राप्त गर्न सहयोग गर्छ।
हाम्रो विशेषज्ञ टोलीले बजारको वर्तमान माग र उद्योग मापदण्डअनुसार कोर्स सामग्रीलाई निरन्तर अद्यावधिक गर्दै आएको छ। युनिभर्सल इलेक्ट्रोनिक्स इन्स्टिच्युटले उद्योगको आवश्यकताअनुसार छिटो, प्रभावकारी र व्यापक रूपमा प्रतिक्रिया दिँदै सेवा प्रदान । गर्दछ।
✍️रोजगारी केन्द्रित कक्षा संचालन
✍️दक्ष तथा अनुभवी शिक्षक
✍️सत् प्रतिशत रोजगारी
✍️जीवनभर टेक्निकल ब्याकअप सपोर्ट
बेसिक मोबाइल मर्मत तालिम (तह–१)
यस पहिलो स्तरको मोबाइल फोन तालिममा, विद्यार्थीहरूले विभिन्न मोबाइल फोन मोडेलका आन्तरिक तथा बाह्य पार्टहरू प्रतिस्थापन गर्न सिक्नेछन्। विद्यार्थीहरूले हाउसिङ, डिस्प्ले, ब्याक प्यानल, ब्याट्री, टच स्क्रिन, प्रोटेक्शन ग्लास, मदरबोर्ड, सब बोर्ड, माइक्रोफोन (एनालग र डिजिटल), स्पिकर (इयरपीस र रिङ्गर), भाइब्रेटर, क्यामेरा, चार्जिङ पोर्ट, एन्टेना प्याड, सिम तथा मेमोरी कार्ड कनेक्टर, फ्लेक्स केबल, अन–अफ स्विच लगायत अन्य कम्पोनेन्टहरूको मर्मत तथा प्रतिस्थापन गर्न सक्षम हुनेछन्।
मोबाइल फोन हार्डवेयर र कम्पोनेन्टहरूको परिचय
- मोबाइल फोनका प्रकारहरू (एन्ड्रोइड, बेसिक फोन)
- आन्तरिक तथा बाह्य भागहरूको बुझाइ
- फोन सुरक्षित रूपमा खोल्ने र पुनः जडान गर्ने विधि
- जम्पर सेटिङ प्रविधि
- मोबाइल फोन ब्लक डायग्राम
- सिरिज सर्किट र पेरालल सर्किट
उपकरण तथा सामग्री तालिम (प्रयोग गर्ने र पढ्ने तरिका)
- मल्टिमिटर
- DC पावर सप्लाई
- सोल्डरिङ आइरन
- सोल्डरिङ तथा डीसोल्डरिङ उपकरणहरू
- LCD/टच सेपरेटर मेसिन
- मोबाइल खोल्ने उपकरणहरू
कम्पोनेन्टहरूको परीक्षण तथा जाँच प्रक्रिया
- मोबाइल फोन स्पिकर, रिङ्गर, माइक्रोफोन र भाइब्रेटर कसरी परीक्षण गर्ने
- मोबाइल फोन चार्जर भोल्टेज कसरी परीक्षण गर्ने
- मोबाइल फोन ब्याट्री भोल्टेज, अन–अफ स्विच आदि कसरी जाँच गर्ने
- चार्जिङ समस्या (चार्ज नहुने, ढिलो चार्ज हुने, बुट लूप आदि) कसरी समाधान गर्ने
सामान्य फाल्ट फाइन्डिङ तथा विभिन्न समस्याहरूको ट्रबलसुटिङ
- डिस्प्ले, ब्याक ग्लास र हाउसिङ प्रतिस्थापन
- ब्याट्री, चार्जिङ तथा पावर सम्बन्धी समस्याको ट्रबलसुटिङ
- डिस्प्ले र टच स्क्रिनको फाल्ट डाइग्नोसिस र प्रतिस्थापन
- क्यामेरा, स्पिकर, माइक्रोफोन र सेन्सरको ट्रबलसुटिङ
- ब्याट्री प्रतिस्थापन गर्ने प्रविधि
- चार्जिङ पोर्ट सफा गर्ने र प्रतिस्थापन गर्ने
- वाई-फाई र एन्टेना प्याड प्रतिस्थापन
- स्पिकर, माइक्रोफोन र इयरपीस प्रतिस्थापन
- फ्रन्ट र रियर क्यामेरा प्रतिस्थापन
मोबाइल फोन मर्मत तालिम (तह–२)
मोबाइल फोन मर्मत तालिम लेभल–२ कोर्स ती विद्यार्थीहरूका लागि डिजाइन गरिएको हो, जसलाई मोबाइल फोन मर्मतको आधारभूत ज्ञान पहिले नै छ र फोन ट्रबलसुटिङ तथा हार्डवेयर मर्मत प्रविधिहरू सिक्न चाहन्छन्। यो कोर्स सामान्य तथा जटिल मोबाइल फोनका फाल्टहरू मर्मत गर्न आवश्यक व्यवहारिक सीपमा केन्द्रित छ।
मोबाइल फोन मर्मतको यस मध्यस्तरको तालिममा विद्यार्थीहरूले मोबाइल हार्डवेयर र ट्रबलसुटिङ प्रविधिहरूको गहिरो ज्ञान प्राप्त गर्नेछन्। यो कोर्स कम्पोनेन्ट लेभलमा फाल्ट पहिचान (डायग्नोसिस) र मर्मतमा केन्द्रित छ।
मोबाइल फोन हार्डवेयर र कम्पोनेन्टहरूको परिचय
- आधारभूत इलेक्ट्रोनिक्स
- ओमको नियम
- इलेक्ट्रोनिक्स कम्पोनेन्ट र सर्किट सिम्बोलहरूको पहिचान
- रेजिस्टर्स, क्यापासिटर, ट्रान्जिस्टर, डायोड, इन्डक्टर, क्रिस्टल ओस्सिलेटर र फिल्टरहरू
- उपकरण तथा परीक्षण उपकरणहरू
इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको परीक्षण तथा जाँच प्रक्रिया
- SMD रिवर्क स्टेशन, DC पावर सप्लाई
- वर्किङ टेबल उपकरणहरू
- हट एयर गन र सोल्डरिङ आइरनको प्रयोग
- सोल्डरिङमा प्रयोग हुने केमिकलहरू (फ्लक्स, लिड, सोल्डर वायर, फ्लक्स रिमूभर, टिन)
- सामान्य समस्या समाधान तथा ट्रबलसुटिङ
मोबाइल फोन मर्मत तालिम (तह–३)
मोबाइल फोन चिप लेभल तालिमको दोस्रो मोड्युल पूरा गरेपछि विद्यार्थीहरूले मोबाइल फोन मर्मत कोर्सको लेभल–३ मा प्रवेश गर्न सक्छन्। मोबाइल फोन मर्मत तालिम लेभल–३ एक एडभान्स्ड कार्यक्रम हो, जुन प्रोफेसनल मदरबोर्ड तथा सर्किट ट्रबलसुटिङमा दक्ष बन्न चाहने प्राविधिकहरूका लागि डिजाइन गरिएको हो।
यस स्तरमा गहिरो इलेक्ट्रोनिक डायग्नोस्टिक्स, सर्किट एनालाइसिस, र आधुनिक स्मार्टफोनमा प्रयोग हुने एडभान्स्ड चिप–लेभल मर्मत प्रविधिहरूमा केन्द्रित गरिन्छ। यो कोर्सले १००% व्यवहारिक तालिम प्रदान गर्छ, जसले विद्यार्थीहरूलाई विभिन्न मोबाइल फोन समस्याहरू आत्मविश्वासका साथ मर्मत गर्न सक्षम बनाउँछ र उनीहरूलाई प्रोफेसनल मोबाइल मर्मत प्राविधिकको रूपमा काम गर्न तयार पार्छ।
मुख्य इन्टिग्रेटेड सर्किट (IC) को बुझाइ
- IC हरूको पहिचान (PMIC, CPU, मेमोरी, नेटवर्क IC, अडियो IC, चार्जिङ IC, LDO IC, ओसिलेटर IC, टच IC, डिस्प्ले IC, OVP IC)
- विभिन्न लेयरहरू तथा IC हरूको कार्य
- मोबाइल फोन मदरबोर्डमा IC हरू पहिचान गर्ने र स्थान निर्धारण गर्ने
माइक्रो सोल्डरिङ तथा डी-सोल्डरिङ
- SMD कम्पोनेन्टहरू हातले म्यानुअल रूपमा सोल्डर गर्ने विधि
- कुनै पनि इलेक्ट्रोनिक बोर्डमा सोल्डरिङ गर्ने दक्षता विकास (सोल्डरिङका फाइदाहरू)
- सोल्डरिङ र डि-सोल्डरिङ के हो? लिड फ्री वा नन-लिड सोल्डरको प्रयोग
- ह्यान्ड सोल्डरिङ र मेसिन सोल्डरिङ बीचको तुलना
- उपकरणहरू: सोल्डरिङ मेसिन, हट एयर मेसिन, प्रि-हिटर, इन्फ्रारेड मेसिन, रिवर्क स्टेशन आदि
- IC हटाउने र पुनः जडान गर्ने प्रक्रिया
- BGA रिबलिङ प्रविधि
चिप लेभल मोबाइल मर्मत तालिम
उच्च शिक्षा हाँसिल गरेर पनि रोजगारी पाउन नसकेर भौतारिरहनेको जमात नेपालमा ठुलो छ । एकातिर यस क्षेत्रमा दक्ष जनशक्ति नहुनु, अर्कातिर बेरोजगारीको समस्या झनै बल्झिरहेहको अवस्थामा यस किसिमको तालिम बेरोजगार युवाका लागि बरदान बन्ने गरेको छ । युनिर्भसल इन्ष्टिच्यूट मा आएर तालिम लिएपछि सानो लगानीबिाट पनि ठुलो आम्दानी गर्न सकिने, सिप सिकेपछि आफ्नै पसल गर्न चाहेमा सहयोग गर्नुका साथै सिकेर विदेश गएपछि पनि आफ्ना विद्यार्थीलाई अनलाईन सपोर्ट दिने गरिएको छ ।
यो तालीम हरेक प्रकारका युवा युवती अथवा यहि फिल्डमा लागेका तर पूर्ण रुपमा काम गर्न नसक्ने, विदेश गएर राम्रो आम्दानी गर्न चाहाना भएका सबै खाले युवाहरूले यस किसिमको तालिम लिन सक्नेछन् । विदेश जान चाहनेलाई विशेष कोर्स दिनुका साथै विश्वका जुनसुकै कुनामा भएपनि अनलाइनबाटै सपोर्ट गर्न सकिने छ ।
के तपाई बेरोजगार हुनुहुन्छ? सिप सिकौ रोजगार बनौ!
काठमाण्डौमा सबैभन्दा पहिला मोबाइल तालिम शुरुवात गरेको इन्ष्टिच्यूट 26 वर्ष पुगेको उपलक्ष्यमा कुनै पनि कोर्ष सिक्दा 10-20% सम्म छुट। आउनुहोस छोटो समयमानै Mobile र Laptop Repair Course सिक्नुहोस त्यो पनि अनुभबी इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ्ग गरेका शिक्षकहरुबाट मात्र ४५ दिनमा। तपाइलाई योग्य, सामर्थ र सक्षम बनाउने योजनाका साथ Class संचालन हुदै छ। कृपया इछुक महानुभाबहरुले inbox मा message गर्नुहोला। अन्य इन्ष्टिच्यूट बाट सिकेर काम गर्न नसकेका विद्यार्थीहरुलाई लेबल हेरी थप तालिम दिइरहेको जानकारी गराउदछौ। इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। लामो समय दिन नसक्नेहरुका लागि छोटो समय जस्तै; 7Days,15Days,30Days,45 Days को सिकाइने ब्यवस्था छ।
के तपाईलाई थाहा छ ?
✪ मोबाईल, कम्प्युटर, ल्यापटप, प्रिन्टर…..तालिम दिने काठमाडौंमा रहेका इन्ष्टिच्यूटहरु मध्य सबैभन्दा पुरानो । (काठमाडौंमा सबैभन्दा पहिला मोबाईल मर्मत तालिम सुरुवात गरेको इन्ष्टिच्यूट)
✪ नेपालमा नै पहिलो पटक इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ्ग गरेका प्रशिक्षकहरु Er. Gajendra Sharma, Er. D.P. Tiwari द्वारा तालिम दिइने ।
✪ नेपालमा रहेका इन्ष्टिच्यूटहरु मध्य मर्मत गर्न प्रयोग गरिने रिपेयरिङ्ग सामानहरु सबैभन्दा बढी राखिएको साथै आफ्नो वर्कसप पनि भएको ।
✪ इन्ष्टिच्यूटको स्थापना कालदेखि हालसम्म स्वेदश र विदेशमा गरी लगभग ८ हजारभन्दा बढी स्तरीय तालिम प्राप्त प्राविधिकहरु विभिन्न शहरहरुमा काम गर्दै आइरहेका । नेपालमा सबैभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको ।
✪ UNDP, NEPAL ARMY, F-SKILL, WORLD VISION, DESIGN NEPAL, SKILL NEPAL लगायत दर्जनौं स्वदेशी तथा विदेशी संघसंस्थाहरुले पनि विश्वास गरेको काठमाडौंको एक मात्र अन्तराष्ट्रिय स्तरको तालिम इन्ष्टिच्यूट ।
✪ विद्यार्थीहरुलाई PRACTICAL संगसगैं THEORY को पनि आवश्यकता पर्ने भएकोले हरेक कोर्षका सम्बन्धित पु्स्तकहरु नेपाली भाषामा लेखिएको साथै नेपालमा इलेक्ट्रोनिक्स विषयमा सबैभन्दा धेरै पुस्तक प्रकाशन गर्ने इन्ष्टिच्यूट ।
✪ अरु कुनैपनि इन्स्टिच्युटबाट तालिम लिएर काम गर्न नसकी त्यसै बसेका बिधार्थीहरुलाई लेभल हेरी छोटो समयमानै (दैनिक समय बढाएर ७, १५, ३०) दिनमा सिकाइने व्यबस्था। मोबाइलफोन, ल्यापटप, डेस्कटप, टि.भि., तालिममा लेभल १-४ सम्म तालिम दिइने ।
✪ कुनैपनि कोर्स सिक्दा काम गर्न सक्ने गरि सिकाइने यदि नसकेमा पुनः दोहोराएर नजाने सम्म १००% ग्यारेन्टी सहित सिकाइने। सम्पूर्ण प्राक्टिकल सामग्रीहरु पर्याप्त रहेको र बिधार्थीहरुले नजाने सम्म नि:शुल्क प्रयोग गर्न पाइने। ६ महिना डिप्लोमा कोर्स गर्नेहरुका लागि १००% जब को व्यवस्था गरिएको।
साबधान !
यस युनिर्भसल इन्ष्टिच्यूट मा काठमाडौंमानै पहिलो पटक इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ्ग गरेका प्रशिक्षकहरु Er. Gajendra Sharma, Er. D.P.Tiwari द्वारा तालिम दिइने भएकोले काठमाडौंका अरु इन्ष्टिच्यूट तुलनामा तालिम शुल्क केहि महगो पर्न सक्छ। काठमाडौँका धेरै तालिम दिने इन्ष्टिच्यूटहरुले इन्स्टिच्युटको सजावट (डेकोरेशन) र केहि मर्मत गर्ने मेसिनहरु देखाएर Advance Chip Level तालिम दिईरहेको भनि झुटको ब्यापार गरिरहेकोले त्यस्ता सँग सतर्क रहनुहोला। कुनै पनि इलेकट्रोनिक्स बिषयमा Chip Level अथवा Circuit Level सम्म तालिम दिन कम्तिमा तालिम दिने प्रसिक्षकले इलेकट्रोनिक्स बिषयमा इन्जिनियरिङ्ग गरेको हुनुपर्छ। अर्ध ज्ञान भएकाहरुले नै बढि गफ दिने हुँदा त्यस्ताको गफमा भुलेर आफ्नो समय र पैसा बर्बाद नगर्नुहोला।







