Laptop Marmat Talim Kathmandu-Universal Institute
At Universal Institute Computers most of our Laptop and computer repair together with upgrades can be completed in as little as a few hours. Of course we understand that your Laptop is an important part of your daily life and you want it repaired as quickly as possible. Nevertheless, we make that happen! In the event that your Laptop has motherboard problems and any other issues, we can usually fix that too. We have technicians who are specialized especially at chip level motherboard repairs.
Free download Laptop repairing pdf book in nepali language
If there is complete guide-book on Laptop repair ever known, then this book is the one and only complete guide-book for laptop & desktop computer repair in nepali language. If you are seeking for a way by which you could exchange personal services for money, then this book will be perfect for you. In all over the world, book stores have hardly a complete repair guide book for computer-laptop repairs although you may find many for PCs there. This book is for the young people, students or anyone who is seeking for a good resource for practical learning towards self reliance.
Download Course Contain: Click Here
Below is the simple Nepali language about all the parts used in Laptop.
What are the parts/components of a laptop?
1.Laptop Major Components
Cover, Battery, Display, Web camera, Hings, LVDS Cable(data cable), Keyboard, Touchpad, DVD ROM, Hard disk, Motherboard, RAM Card, WI-FI Card, Processer(CPU), Colling Fan, Colling System, Speaker, BIOS Battery..
2. Laptop Chip Components
Resistor, Capacitor, Inductor, Diode, Crystal,Transistor, EIT Protection, Fuse, On/off Switch and ICS (Integrated Circuit)
Identify laptop Basic Major Parts and their functions.
1. Laptop Cover/Housing
Cover is a term used to describe any material that helps protect or connect components. For example, your desktop computer chassis helps protect all the major parts of your computer, and at the same time, keep them all in a centralized location.
2. Laptop Battery
ल्यापटपमा प्रयोग गरिने ब्याट्रीहरु निकल केडियम(Ni-cad),निकल मेटल हाइड्रेड(Ni-MH) र लाईअन(Li-on) प्रकारको हुन्छ । अरु ब्याट्रीहरुको तुलनामा यो लाईअन ब्याट्री सबैभन्दा राम्रो हुने हुदा हाल सबैजसो ल्यापटपहरुमा लाईअन (Lithium-Ion) स्ट्याण्डर्डको ब्याट्रीनै प्रयोग गरिन्छ ।
लाईअन(Lithium-Ion) ब्याट्रीका केहि विशेषता
क) लाईअन ब्याट्री हल्का हुनका साथै ल्यापटप चलाइरहेको अवस्थामा हिट कम हुनेगर्छ । जसले गर्दा ब्याट्री बिस्पोट हुने सम्भावना निकै कम हुन्छ।
ख) लाईअन ब्याट्रीको लाइभ साइकल(Live cycle) अरु ब्याट्रीहरुको तुलनामा निकै बढी हुन्छ । लाइभ साइकल भनेको चार्जिङ्ग र डिस्चार्जिङ्ग कति समय सम्म गर्न सकिन्छ भन्ने हो अर्थात जति धेरै चार्जिङ्ग र डिस्चार्जिङ्ग गर्न मिल्छ त्यति नै बढी समय ल्यापटप चलाउन सकिने हुन्छ ।
ग) लाईअन ब्याट्री सेल्फ डिस्चार्ज(Self Discharge) पनि कम हुन्छ । सेल्फ डिस्चार्ज भनेको प्रयोग कर्ताले ल्यापटप लामो समय सम्म नचलाईकन राख्दा पनि ब्याट्रीमा भएको करेण्ट पुरै डाउन नहुने हो । लाईअन ब्याट्री एक महिनामा लगभग ५ देखि १० प्रतिशत सम्म सेल्फ डिस्चार्ज हुने गर्छ ।
ल्यापटपमा प्रयोग गरिने ब्याट्री कम्पनी अनुसार बिभिन्न भोल्टेज ,एम्पीयर र साइजका तल चित्रमा देखाए जस्तै हुन्छन । सबै जसो ल्यापटपको ब्याट्रीहरुमा यसले अधितम आउटपुट गर्ने सक्ने भोल्टेज,एम्पीयर र वाट लेखिएको हुन्छ । ब्याट्रीमा जति धेरै एम्पीयर लेखेको छ त्यसले त्यतिनै धेरै ब्याकअप दिन्छ भन्ने कुरा थाहा हुन्छ ।
ल्यापटपको ब्याट्री भित्र अन्य साना ब्याट्रीहरु एक आपसमा जोडेर बनाइएको हुन्छ । जतिवटा ब्याट्रीहरु प्याक गरेर बनाइएको हुन्छ त्यती नै सेल (Cell) को ब्याट्री भन्ने गरिन्छ । जस्तै तलको चित्रमा 6-Cell को ब्याट्री देखाइएको छ । एउटा सेलमा कम्तिमा ३.७ भोल्ट अथवा ४.५ भोल्ट सम्म हुन्छ ।
3. Laptop Disply
डिस्प्ले एउटा भिजुअलमा जानकारी प्रस्तुति गर्ने आउटपुट यन्त्र हो । ल्यापटपमा प्रयोग गरिने डिस्प्ले निम्न किसिमको हुनसक्छ।
- LCD : liquid crystal display technology
- LED- light emitting diodes technology
- TFT:Thin Film Transistor technology
- OLED: Organic Light-emitting Diode technology
- IPS:In-Place Switching technology
- TN:Twisted Nematic technology
हाल बजारमा आउने ल्यापटपमा TFT,IPS,TN धरै प्रयोग गरिएको पाईन्छ भने पुराना ल्यापटपमा LED हुन्छ । ल्यापटपमा प्रयोग गरिने डिस्प्लेको साइज 10.1 देखि 18.8 इन्च सम्मको हुन्छ ।
4. Web Camera
वेभ क्यामरा सबैजसो ल्यापटपहरुमा डिस्प्ले सँगै (माथी) भिडियो सेवा लिनको लागि राखिएको हुन्छ । यस क्यामराको माध्मबाट हामीले इन्टरनेट प्रयोग गरेर भिडियो कल गर्न सकिन्छ ।
5. Laptop Hings
हिङ्ग ल्यापटपको मुख्य भाग(Main Body) र डिस्प्ले बिच जोडिएको हुन्छ । हिङ्गकै माध्यामबाट हामीले डिस्प्लेलाई चाहेको ठाउँमा घुमाएर(Rotation) चलाउन सक्दछौ । ल्यापटपहरुमा प्रयोग गरिने हिङ्गको बनावट तल चित्रमा देखाए जस्तै बिभिन्न किसिमको हुनसक्छ ।
6. LVDS Cable(data cable)
LVDS Cable – लो भोल्टेज डिफरेंशियल सिग्नलको काम ल्यापटपको डिस्प्ले र मदरबोर्ड बिच जोड्ने हो । LVDS Cable को बनावट तल चित्रमा देखाए जस्तै बिभिन्न किसिमको हुनसक्छ ।
7. FL Card
एफ एल कार्ड ल्यापटपको डिस्प्लेलाई लाइट दिनको लागि राखिएको प्रयोग गरिएको हुन्छ । डिस्प्ले भित्र ब्याक लाइट दिनको लागि एउटा ट्युब राखिएको हुन्छ त्यहि ट्युबलाई बाल्नको लागि एफ एल कार्डले ५०० भोल्ट लेखि १००० भोल्ट ए सि सम्म बनाएर दिन्छ । यो कार्ड तलको चित्रमा देखाए जस्तै डिस्प्लेकै तल राखिएको हुन्छ ।
8. Laptop Keyboard
ल्यापटप किबोर्ड ल्यापटप कम्प्युटरमा प्रयोग गरिने इनपुट उपकरण हो। ल्यापटप कम्प्युटर वा टाइपराइटरको लागि किबोर्ड टाइप गर्न प्रयोग गरिन्छ। ल्यापटपमा प्रयोग गरिने कि बोर्डहरु सानो साइजको तलको चित्रमा देखाए हुन्छ ।
9. Touch pad
डेक्सटप कम्प्यूटरमा माउसबाट गरिने सबै काम ल्यापटपमा ट्च प्याडको माध्यामबाट गरिन्छ। यस्तो ट्च सिस्टमको लागि तल दाँया देखाए जस्तै एउटा ट्च सिस्टम आई सी सहितको बोर्ड राखिएको हुन्छ ।
10. DVD Drive/Optical Drive
डेक्सटपमा जस्तै ल्यापटपमा पनि CD/DVD लाई Read/Write गर्नको लागि डि.भि.डि.ड्राइभ राखिएको हुन्छ। डि.भि.डि.ड्राइभ साना मिनी ल्यापटपमा(नेट बुक,नोट बुक)हरुमा भने प्रयोग गरिएको पाइदैन । डेक्सटप र ल्यापटपमा प्रयोग गरिने डि.भि.डि.ड्राइभ तल देखाए जस्तै हुन्छ । हाल बजारमा आइरहेका पातलो साइजका ल्यापटपहरुमा डि.भि.डि.ड्राइभ राखिएको हुदैन।
11. Hard disk
हार्ड डिक्स ड्राइभ एउटा यस्तो ड्राइभ हो जस भित्र सम्पुर्ण डाटाहरु स्टोर गरिएको हुन्छ। हार्ड ड्राइभ वा हार्ड डिस्क एक प्रकारको टेक्नोलोजी हो जसले अपरेटिङ सिस्टम, एप्लिकेसनहरू र डाटा फाइलहरू भण्डारण गर्दछ। यस्ता हार्ड डिक्स ड्राइभ डेक्सटप तथा ल्यापटपमा हाल 320 GB(Gigabytes) देखि 3000GB(3TB)सम्म स्टोरेज क्यापासिटी भएका प्रयोग गरिएको पाईन्छ। ल्यापटपमा प्रयोग हुने हार्ड डिक्स तल देखाए जस्तै बिभिन्न किसिमको हुनसक्छ ।
11.1.Pata
PATA (प्यारलल एडभान्स्ड टेक्नोलोजी एट्याचमेन्ट) लाई 1980 दशकमा निमार्ण गरिएको थियो। पाटा हार्ड ड्राइभमा इन्टरफेश प्यारललमा (Data output pin) राखिएको थियो जुन तलको चित्रमा देखाएको छ । यस किसिमको हार्ड ड्राइभ हाल बजारमा खरिद गर्न पाइदैन ।
11.2. Sata
SATA(सिरियल एडभान्स्ड टेक्नोलोजी एट्याचमेन्ट) 2003 मा निमार्ण गरिएको थियो। पाटा हार्ड ड्राइभमा इन्टरफेश मात्र चेन्ज गरेर साटा बनाइएको हो। Sata र Pata hard Disk बिच खसै भिन्नता छैन केबल इन्टरफेश मात्रै फरक हो।
11.3.SSD-Solid State Drives
SSD भनेको सोलिड स्टेट ड्राइभ हो। यी डिस्कहरूमा कुनै पनि गतिशील भागहरू हुदैन । यसको सट्टा, सबै डाटा स्थाइ फ्ल्यास मेमोरी आई सि मा भण्डार गरिएको हुन्छ । यसको मतलब यसमा कुनै हेड र डिक्स राखिएको छैन जुन डाटा पढ्न वा लेख्नको लागि सार्नु पर्छ र त्यसैले यो SSD Drive PATA र SATA भन्दा धेरै छिटो हुन्छ ।
Note: यहाँ दुबै(HDD र SSD) मा SATA इन्टरफेस हुन्छ । तर NVMe ड्राइभहरूमा PCIe इन्टरफेस प्रयोग गरिरहेका छ।
11.4. NVMe Drive(M.2)
NVMe Drive र SSD Drive दुबैमा डाटा स्टोर मेमोरी चिपमा नै गरिएको हुन्छ तर डाटा आदान प्रदानको लागि इन्टरफेश भने फरक राखिएको छ जसले गर्दा यो NVMe ड्राइभको स्पीड SSD Drive को तुलनामा निकै छिटो हुन्छ । ल्यापटपमा प्रयोग गरिने NVMe Drive सानो साइजको तलको चित्रमा देखाए हुन्छ ।
12. Motherboard
ल्यापटप मदरबोर्ड भनेको ल्यापटप भित्रको प्रिन्टेड सर्किट बोर्ड (PCB) हो। हामीले ल्यापटपको कभर खोल्दा भित्र तल देखाए जस्तै एउटा सबै कम्पोनेन्ट जोडिएको बोर्ड देखापर्छ यहि बोर्डलाई पि.सि.बि.(मदरबोर्ड)भनिन्छ। यहि मदरबोर्ड नै ल्यापटपको सबैभन्दा महत्वपूर्ण भाग हो ।
12. Ram
ल्यापटपमा अस्थायी रुपमा डाटा स्टोर गर्नको लागि रेम प्रयोग गरिन्छ । रेम बिभिन्न क्यापासिटी र बिभिन्न साइजका हुन्छन । DDR1,DDR2,DDR3,DDR4 गरी चार प्रकारका रेमहरु हुन्छन । डेक्सटपमा केहि ठुलो आकारको र ल्यापटपमा केहि सानो आकारका तल देखाए जस्तै प्रयोग गरिएको हुन्छ।
13. Wi-Fi Card
ल्यापटपमा वायरलेस ल्यान कार्ड, वायरलेस इन्टरनेट सेवा लिनको लागि प्रयोग गरिन्छ । यस्ता कार्डहरु ल्यापटप मदरबोर्डको PCIe Slat मा लाग्ने हुन्छ । वायरलेस ल्यान कार्डको बनावट तल देखाए जस्तै हुन्छ ।
14. Bluetooth Card
ल्यापटपमा ब्लुटुथ कार्ड डाटा ट्रान्सफर गर्नको लागि प्रयोग गरिन्छ । ल्यापटप बाट मोबाइलफोन अथवा अरु कुनैपनि ब्लुटुथ डिभाइस सँग एक आपसमा डाटा ट्रान्सफर गर्न सकिन्छ ।
15. Processer(CPU)
डेक्सटप तथा ल्यापटपमा सबैभन्दा महत्वपूर्ण भाग प्रोसेसरलाई मानिन्छ किनभने यसकै निर्देशन र नियन्त्रणमा मदरबोर्ड मा रहेका सम्पूर्ण भागहरुले काम गर्दछन् । यस्ता प्रोसेसरहरु बिभिन्न स्पीड र साइजमा AMD र Intel कम्पनीको ल्यापटपहरुमा प्रयोग गरिएको हुन्छ । Intel कम्पनीमा Core i3. Core i5,Core i7, Core i9, and Xeon lines बडि प्रयोग गरिएको पाईन्छ ।
16. Colling system with Fan
डेक्सटप तथा ल्यापटपमा प्रयोग गरिने प्रोसेसरले काम गर्ने क्रममा तातीदै जाने हुन्छ । प्रोसेसर बढी तातिदै जादा ल्यापटप श्लो हुदै जाने अथवा ल्यापटप अफ नै पनि हुनसक्छ । डेक्सटप अथवा ल्यापटपमा राखिएको प्रोसेसर लाई काम गरिरहेको अवस्थामा चिसो बनाई राख्नको लागि कुलिङ्ग फेन(Colling Fan) प्रयोग गरिएको हुन्छ । ल्यापटपमा प्रयोग गरिने कुलिङ्ग सिस्टम तल चित्रमा देखाए जस्तै हुन्छ ।
17. Speaker
स्पीकरको काम विद्युतीय अडियो सिग्नललाई ध्वानी सिग्नलमा परिणत गर्ने हो । ल्यापटप भित्र विद्युतीय अडियो सिग्नललाई ध्वानी सिग्नलमा परिणत गर्न दुई वटा (एक जोडी) स्पीकर राखिएको हुन्छ । ल्यापटपहरुमा तल चित्रमा देखाए जस्तै दुईवटा स्पीकरहरु प्रयोग गरिएको हुन्छ ।
18 .BIOS/CMOS Battery
डेक्सटप तथा ल्यापटपमा बायोस सेटिङ्ग (BIOS firmware) तथा टाइम लाई ब्याकप दिनको लागि बायोस ब्याट्री प्रयोग गरिन्छ ।यस प्रकारको ब्याट्री ल्यापटप केहि सानो र डेक्सटपमा केहि ठुलो आकारको प्रयोग गरिएको हुन्छ ।
ल्यापटपको Motherboard मा प्रयोग गरिने साना कम्पोनेन्टहरु
1.Resistor रेसिस्टर
रेसिस्टरको मुख्य काम आफ्नो क्षमता अनुसारको भोल्टेज र करेन्टलाई रोकेर अगाडी पास गर्ने हो। रेसिस्टरको बाहिरी बनावट बिभिन्न किसिमको हुनसक्छ । ल्यापटपमा प्रयोग गरिने रेसिस्टर सानो आकारको,पि.सि.बि.बोर्डमा नै टास्ने भएकोले यस किसिमको रेसिस्टरलाई Chip रेसिस्टर पनि भनिन्छ । रेसिस्टरहरुलाई नाप्दा ओहम ईकाइमा नापिन्छ । रेसिस्टरलाई ‘R’ ले जनाईन्छ । कम्प्यूटर तथा ल्यापटपमा मुख्य गरी चार प्रकारका रेसिस्टरहरु प्रयोग गरेको पाईन्छ ।
- भ्यालुप्रिन्टेड रेसिस्टर (Value Printed Resistor)
- नन् भ्यालु प्रिन्टेड रेसिस्टर (Non Value Printed Resistor)
- फ्युजएबल रेसिस्टर (Fuseable Resistor)
- एरे रेसिस्टर(Array Resistor)
a.भ्यालुप्रिन्टेड रेसिस्टर (Value Printed Resistor)
भ्यालु प्रिन्टेड रेसिस्टरको बाहिरी बनावटको माथि मान लेखिएको हुन्छ त्यसैले यसलाई भ्यालु प्रिन्टेड रेसिस्टर भनिन्छ। यो रेसिस्टरको दुईवटा खुट्टा हुन्छ। यस्तो रेसिस्टर खराब भएमा हामीले सोही मानको अर्को कुनै पनि रेसिस्टर राख्न सकिन्छ। यस प्रकारको रेसिस्टरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
b.नन् भ्यालु प्रिन्टेड रेसिस्टर (Non Value Printed Resistor)
नन् भ्यालु प्रिन्टेड रेसिस्टरको मान बाहिरी बनावटमा लेखिएको हुदैन त्यसैले यसलाई नन् भ्यालु प्रिन्टेड रेसिस्टर भनिएको हो। यो रेसिस्टरको आकार पनि भ्यालु प्रिन्टेड रेसिस्टर भन्दा सानो र प्राय कालो रंगको हुन्छ । नन् भ्यालु प्रिन्टेड रेसिस्टरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
c.फ्युजएबल रेसिस्टर (Fuseable Resistor)
फ्युजएवल रेसिस्टरको बाहिरी बनावट भ्यालु प्रिन्टेड रेसिस्टरको जस्तै हुन्छ तर यसको माथी बाहिरी बनावटमा O,K,T,F…. लेखेको अथवा केहि पनि नलेखिएको नन्पोलार क्यापसिटोर जस्तो पनि हुनसक्छ । यसले फ्युजले जस्तै काम गर्ने भएकाले पनि यसलाई फ्युजएवल रेसिस्टर भनिएको हो। यस प्रकारको रेसिस्टरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
नोटः बास्तवमा यो फ्युजनै हो। यसको बाहिरी बनावट अरु रेसिस्टर सँग मेल खाने भएकोले यसलाई फ्युजएवल रेसिस्टर भनिएको हो।
d.एरे रेसिस्टर (Array Resistor)
एरे रेसिस्टर भनेको दुई वा सो भन्दा बढी रेसिस्टरहरु प्याराललमा राखेर बनाइएको रेसिस्टरलाई एरे रेसिस्टर भनिन्छ। यस्तो रेसिस्टरहरुको आन्तरिक बनावट भने जोडिएको हुदैन केबल बाहिरी बनावट मात्र जोडेर बनाईएको हुन्छ। कम्प्यूटर तथा ल्यापटपमा यस्ता रेसिस्टरहरु प्राय २ वटा र ४ वटा प्याक गरेको पाईन्छ । यसको बाहिरी बनावटमा यसको मान लेखिएको वा नलेखिएको दुबै हुन सक्छ। यस प्रकारको रेसिस्टरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
रेसिस्टरको काम (Function of Resistor)
a.Value Printed Resistor
b.Non Value Printed Resistor
e.Array Resistor
माथीका सबै रेसिस्टरको बाहिरी बनावट हेर्दा फरक फरक भएपनि काम भने एउटै हुन्छ। यसले आफ्नो क्षमता (Capacity) अनुसार Voltage र Current लाई रोकेर अगाडि पास गर्ने हो। यो रेसिस्टरको एउटा खुट्टाबाट Voltage दिएर अर्को खुट्टाबाट निकलिएको हुन्छ। जस्तै:
c.Fuseable Resistor
Fuseable Resistor को काम Fuse को जस्तै हो । Fuseable Resistor हुदै High Voltage बगेमा अथवा अगाडि Voltage Shorting भएमा आफू जलेर भएपनि अरु सामानलाई जोगाउने काम यसले गर्दछ। अगाडिको भागमा Short छ भने यो रेसिस्टर आँफै खराब भएर Circuit लाई Open गर्दछ।
2.Capacitor (क्यापसिटर)
दुई सुचालक पाताको बीचमा कुचालक पदार्थ राखेर बनाईएको सामानलाई क्यापसिटर भनिन्छ । क्यापसिटरलाई कण्डेन्सर पनि भनिन्छ। यस्ता क्यापसिटरहरुको काम भनेको बिशेषगरी करेन्ट र सिग्नललाई फिल्टर गर्ने हो। क्यापसिटरले केहि विद्युतिय शक्तिलाई जम्मा गरेर राख्ने र छाड्ने काम पनि गर्दछ। रेसिस्टरलाई ओहममा ईकाइमा नापिन्छ भने क्यापसिटरलाई फ्यारेड(Farad)ईकाइमा नापिन्छ र क्यापसिटरहरुलाई ‘C’ ले जनाईन्छ। कम्प्यूटर तथा ल्यापटपमा प्रयोग गरिने क्यापसिटरहरुको बनावट SMD किसिमको हुन्छ। यस्ता क्यापसिटरहरु कम्प्यूटर र ल्यापटपमा बिशेष गरी तिन प्रकारका प्रयोग गरिएको पाईन्छ।
- पोलार क्यापसिटर (Polar Capacitor )
- नन्पोलार क्यापसिटर (Non Polar Capacitor)
- एरे क्यापसिटर (Array Capacitor)
a.पोलार क्यापसिटर
जुन क्यापसिटरमा पोलारीटी राखिएका हुन्छ त्यस्तो क्यापसिटरलाई पोलार क्यापसिटर भनिन्छ। पोलार क्यापसिटर तल चित्रमा देखाए जस्तै पहेलो अथवा कालो रंगका केहि लाम्चो आकारको हुन्छ। यस क्यापसिटरमा पोलारिटी छुट्याउनको लागि एक साइडतिर मार्किङ्ग गरिएको हुन्छ। जुन साइडमा मार्किङ्ग गरिएको हुन्छ त्यो साइडतिरको पिन (खुट्टा) पोजेटिभ हुन्छ । यस प्रकारको क्यापसिटरलाई चेन्ज गर्दा पोजेटिभ (+) र नेगेटिभ (-) मिलाएर राख्नुपर्ने हुन्छ। यस प्रकारको क्यापसिटरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
b.नन्पोलार क्यापसिटर
नन्पोलार क्यापसिटर खैरो रंगमा तल चित्रमा देखाए जस्तै हुन्छ। यो नन्पोलार क्यापसिटरको साइज सानो देखि ठुलो सम्म हुनसक्छ र यसलाई मोबाइलफोनमा निकै धेरै प्रयोग गरिएको हुन्छ। पोलार क्यापसिटरमा जस्तै पोलारिटी नहुने हुँदा यसलाई नन्पोलार क्यापसिटर भनिएको हो। यस्ता किसिमका क्यापसिटरहरुलाई एऋद्य मा जोड्दा ख्याल राख्नुपर्ने हुदैन अर्थात जुन पिन जता पारेर पनि जोड्न सकिन्छ। यस प्रकारको क्यापसिटरको संकेत र बाहिरी बनावट तल देखाए जस्तै हुन्छ ।
c.एरे क्यापसिटर
दुई वा सो भन्दा बढी नन्पोलार क्यापसिटरहरुलाई एक आपसमा प्यारलाल रुपमा जोडेर बनाईएको क्यापसिटरलाई एरे क्यापसिटर भनिन्छ। कम्प्यूटर तथा ल्यापटपमा प्रयोग गरिने यस्ता क्यापसिटरहरु प्राय २ वटा वा ४ वटा प्याक गरेर बनाएको हुन्छ। यस्ता क्यापसिटरको काम पनि नन्पोलार क्यापसिटर जस्तै हो। एरे क्यापसिटर कम्प्यूटर तथा ल्यापटपको मदरबोर्डमा एकै ठाउँमा एउटै मानको धेरै प्रयोग गर्नुपरेमा लगाईएको पाईन्छ । यस प्रकारको क्यापसिटरको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
क्यापासिटरको काम (Function of Capacitor)
a,Polar Capacitor
यो पोलार क्यापासिटरको काम DC Current लाई फिल्टर गरेर दिने हो। यो पोलार क्यापासिटरमा आफ्नो क्षमताअनुसार voltage जम्मा भएर पनि बस्दछ।
b.Non Polar Capacitor
c.Array Capacitor
माथीका दुबै क्यापासिटरको काम आफ्नो क्षमताअनुसार सिग्नललाई फिल्टर गरेर दिने काम गर्दछ। यसले AC Current लाई हल्का रोकेर पास गर्दछ भने DC Current लाई पुरै रोक्दछ।
3.Inductor (Coil)
इन्सुलेटर तारलाई बेरेर (फन्का) लगाएर बनाईएको सामानलाई इन्डक्टर वा क्वाइल भनिन्छ। यिनीहरुको आन्तरिक बनावटमा बिभिन्न कोरहरु राखेर निर्माण गरिएको हुन्छ। यस्ता कोरहरु मध्ये यदि आईरन कोर राखेर निर्माण गरिएको भए यसले बिद्युत चुम्बकीय शक्ति पैदा गर्नुको साथै आफ्नो क्षमता अनुसार केरन्टलाई केहि रोकावट गरेर अगाडि पास गर्दछ। इन्डक्टरहरु अनावश्यक सिग्नलहरुलाई नष्ट गर्न वा ग्राउण्ड गर्न पनि प्रयोग गरिएको हुन्छ। इन्डक्टरलाई हेनरी(Henry)ईकाइमा नापिन्छ भने यसलाई ‘L’ ले जनाईन्छ। कम्प्यूटर तथा ल्यापटपको बिशेषगरी दुर्इ प्रकारका इन्डक्टहरु प्रयोग भएको पाईन्छ।
- आईरन कोर इन्डक्टर (Iron Core Coil)
- फेराइड कोर इन्डक्टर(Feride Core inductor)
a.आईरन कोर इन्डक्टर
आइरन कोर इन्डक्टरको भित्री बनावट मा फलाम र बाहिरबाट इन्सुलेटर तार बेरेर बनाएको हुन्छ। आइरन कोर इन्डक्टरको बनावट तलको चित्रमा देखाए जस्तै आयतकार (चारैपाटा बराबर जस्तो) हुन्छ। यस किसिमका इन्डक्टरको बाहिरी बनावट को रंग कालो हुन्छ।
b.फेराइड कोर इन्डक्टर
यस किसिमको इन्डक्टरको भित्री बनावट मा फेराइड कोर राखेर इन्सुलेटर तार बाहिरबाट बेरेर बनाइएको हुन्छ। कम्प्यूटर तथा ल्यापटपको यस्ता इन्डक्टरहरु तल चित्रमा देखाए जस्तै बाहिरबाटै तार बेरिएको देख्न सकिने र प्याक गरिएको (तार बेरिएको देख्न नसकिने) दुई प्रकारका प्रयोग गरिएको पाईन्छ। यस किसिमको इन्डक्टरको बाहिरी बनावट तल चित्रमा देखाए जस्तै गोलो अथवा चारपाटे आकारमा कालो रंगको हुन्छ।
इन्डक्टरको काम (Function of inductor)
a.आईरन कोर इन्डक्टर
आईरन कोर इन्डक्टरले बिद्युत चुम्बकीय शक्ति पैदा गर्नुको साथै आफ्नो क्षमता अनुसार इन्डक्टरले डि सि केरन्टलाई केहि रोकावट गरेर फिल्टर गरि अगाडि पास गर्दछ।
2.फेराइड कोर इन्डक्टर
फेराइट कोर एक प्रकारको चुम्बकीय कोर हो जुन फेराइटले बनेको हुन्छ। यस फेराइट कोर इन्डक्टरले डि सि करेण्ट सँगै आएको हार्इ Frequency र Noise लार्इ फिल्टर गरेर दिने काम गर्दछ।
4.Diode(डायोड)
डायोड एउटा सेमिकण्डक्टर हो। यो दुईवटा जङ्सन P र N बाट बनेको हुन्छ। P र N जङ्सन मध्ये P टाईपको भागबाट निकालिएको पिन(खुट्टा)लाई एनोड र N टाईपको भागबाट निकालिएको पिनलाई क्याथोड भनिन्छ। यस्ता डायोडहरुको क्याथोड पिन चिन्हको लागि बाहिरी बनावटमा मार्किङ्ग गरिएको हुन्छ। डायोडहरु रेडियो,टेलिभिजनहरुमा प्रयोग गरिने आकारमा धेरै ठूलो साईजका हुन्छन् भने कम्प्यूटर तथा ल्यापटपको Motherboard प्रयोग गरिने बोर्डमा नै टाँस्ने सानो SMD आकारको हुन्छ। डायोडहरुलाई D र V ले जनाईन्छ। डायोडहरु बिशेषगरी कम्प्यूटर र ल्यापटपमा पाँच प्रकारका प्रयोग गरिएको पाईन्छ।
नोटः सुचालक जस्तो सजिलै सँग करेण्ट बहन पनि नसक्ने र कुचालक जस्तो कत्ति पनि करेण्ट नबहने पनि होइन यस्तो प्रकारको पदार्थलाई सेमिकण्डक्टर भनिन्छ ।
- सिङ्गल रेक्टीफायर डायोड (Single Rectifier Diode-Two Legs)
- टु-प्याकअप रेक्टीफायर डायोड (Two Packup Diode-Three Legs)
- फोर-प्याकअप रेक्टीफायर डायोड (Four pack up Rectifier Diode-Five Legs)
- लाईट इमिटिङ्ग डायोड (Light Emitting Diode -LED)
- जिनर डायोड (Zener Diode)
a.सिङ्गल रेक्टीफायर डायोड(दुई खुट्टे)
सिङ्गल रेक्टीफायर डायोड रेक्टीफायर डायोडको बाहिरी बनावट कालो रंगमा आयतकार आकारको हुन्छ। यो डायोडको दुईवटा खुट्टा लाई क्याथोड र एनोड भनिन्छ। क्याथोड पिन छुट्याउनको लागि एक साइड तिर हल्का घोटेजस्तो(Blakish)मार्किङ गरिएको हुन्छ। ल्यापटपमा प्रयोग गरिने सिङ्गल रेक्टीफायर डायोड तल चित्रमा देखाए जस्तै हुन्छ ।
b.टु–प्याकअप रेक्टीफायर डायोड
टु–प्याकअप रेक्टीफायर डायोडमा दुइवटा सिङ्गल रेक्टीफायर डायोडलाई प्याक गरेर बनाईएको हुन्छ। यसको भित्री बनावट ठिक फुलवयभ रेक्टीफायर डायोडको जस्तै हुन्छ। यस भित्र तल संकेतमा देखाए जस्तै दुई वटा सिङ्गल रेक्टीफायर डायोडहरु प्याक गरिएको र काम पनि सिङ्गल रेक्टीफायर जस्तै हुन्छ। टु–प्याकअप डायोडहरु कमन एनोड र कमन क्याथोड वा त्यो भन्दा फरक किसिमबाट पनि जोडिएको हुनसक्छ। मल्टीमिटरबाट टु–प्याकअप रेक्टीफायर डायोडलाई आन्तरिक बनावट अनुसार सजिलै चेक गर्न सकिन्छ। यस किसिमको डायोडको बनावट तल देखाए जस्तै हुन्छ।
c. फोर-प्याकअप रेक्टीफायर डायोड
फोर-प्याकअप रेक्टीफायर डायोड कालो रंगमा पाँचवटा खुट्टा भएको र यसको भित्र चारवटा सिङ्गल रेक्टीफायर डायोडहरु लाई प्याक गरेर बनाईएको हुन्छ। यो डायोडको माथीको साइडतिर दुईवटा र तलको साइडतिर तिनवटा खुट्टा हुन्छ। डायोडहरुको बाहिरी रंग पनि प्रायःगरेर कालो नै हुन्छ। फोर-प्याकअप रेक्टीफायर डायोडको बनावट तल देखाए जस्तै हुन्छ ।
d.जिनर डायोड र टि.भि.एस.डायोड
जिनर डायोडको बाहिरी बनावट सिङ्गल रेक्टीफायर डायोडको जस्तै तर यो सानो साइजको हुन्छ। टि.भि.एस.डायोडको बाहिरको बनावट र काम लगभग जिनर डायोडको जस्तै हुन्छ। यो डायोडमा जिनरमा जस्तै एउटा खुट्टा तिर मार्किङ गरिएको हुँदैन। टि.भि.एस.डायोडलाई प्रोटेक्शनको लागि प्रयोग गरिएको हुन्छ।
e.लाईट ईमिटीङ्ग डायोड
लाईट इमिटीङ्ग डायोड प्रकाश फ्याक्ने डायोड हो। यस किसिमको डायोडलाई सप्लाई भोल्टेज दिदा प्रकाश फाल्दछ। यस्ता डायोडहरु लाई डिस्प्ले भित्र ब्याक लाइट दिनको लागि राखिएको हुन्छ। यसको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
डायोडको काम (Function of Diode)
a.Single Rectifier Diode(Two Legs)
b.Two Packup Diode(Three Legs)
c.Four Packup Diode(Five Legs)
माथीका तिनवटै डायोडको काम एउटै हुन्छ केबल यसको बाहिरी रुप मात्रै फरक हो। यसको काम AC Current लाई DC मा परिवर्तन गर्ने र उल्टो voltage आएमा रोक्ने हो । उल्टो Voltage भनेको Positive(+)को ठाउँमा Negative(-) Voltage आउनु अथवा Negative(-)को ठाउँमा Positive(+) Voltage आउनु हो।
d.Zener Diode/TVS Diode
यो दुवै डायोडको बाहिरी बनावट उस्तै देखिन्छ तर TVS Diode भित्र दुईवटा Zener Diode लाई Pack गरिएको हुन्छ। Zener डायोडले आफ्नो voltage जति छ त्यति नै voltage अगाडी पास गर्दछ। यो डायोडलाई Parallel अथवा Series मा प्रयोग गर्न सकिन्छ।
e.LED(Light Emitting Diode)
यो डायोड एउटा बत्ति हो जसलाई Motherboard मा Power र Charging indicator को रूपमा तथा डिस्प्ले भित्र उज्यालो दिनका लागि राखिएको हुन्छ।
5.Crystal
एक निश्चित मानको कल्क फ्रिक्वेन्सी उत्पादन गर्ने सामान लाई कृष्टल भनिन्छ। यसलाई सप्लाई भोल्टेज दिदा यसभित्र मेकानिकल भाइब्रेट भएर एक निश्चित मानको फ्रिक्वेन्सी उत्पादन गर्दछ। ल्यापटपमा बिशेष गरी दुई प्रकारका कृष्टलहरु प्रयोग गरिएको हुन्छ। Crystal को बाहिर Body मानै यसले उत्पादन गर्ने Frequency लेखिएको हुन्छ।
- आर.एफ.कृष्टल (Reference Rrystal -RF)
- आर.टि.सी. (Real Time Clock -RTC)
a.आर.एफ.कृष्टल
आर.एफ.कृष्टलको बाहिरी बनावट चारपाटे साईनिङ्ग (चम्किलो) मेटलको अथवा चारपाटे कालो रंग हुन्छ र यसले उत्पादन गर्ने फ्रिक्वेन्सी बाहिर बनावट मानै लेखिएको हुन्छ। ल्यापटपमा यस्ता आर.एफ.कृष्टलहरु Clock Generator र Lan Driver IC वरिपरि नै राखिएको हुन्छ।
(i)14.318 Mhz Crystal
यहि कृष्टलले दिने कल्कको आधारमा कम्प्यूटर तथा ल्यापटपको प्रोसेसरले बिभिन्न Information Carry गर्दछ। यदि यो कृष्टल खराब भएमा प्रोसेसरले कुनै पनि अगाडिको प्रोसेशिङ्ग गर्न नसक्ने हुँदा कम्प्यूटर तथा ल्यापटप नै अन हुन सक्दैन। यसले उत्पादन गर्ने फ्रिक्वेन्सी तल चित्रमा देखाए जस्तै बाहिर बनावटमा नै लेखिएको हुन्छ। कम्प्यूटर तथा ल्यापटपमा यसलाई Clock Generator को नजिकै राखिएको पाईन्छ। यस कृष्टलको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
(ii)25.0Mhz Crystal
माथी दिइएका कृष्टलले जस्तै यस कृष्टलले पनि आफ्नो निश्चित मानको फ्रिक्वेन्सी उत्पादन गर्दछ। यस कृष्टलले उत्पादन गरेको फ्रिक्वेन्सी कम्प्यूटर तथा ल्यापटपमा Lan Driver IC लाई दिइएको हुन्छ ।
b.आर.टि.सी.
आर.टि.सी.कृष्टलहरुको बाहिरी बनावट केही लाम्चो आकारको कालो,प्याजी रंगको वा स्टीलले कभर गरेको पनि हुनसक्छ। केहि ल्यापटपहरूमा आर.एफ.कृष्टल जस्तै कालो रंगको हुन्छ। आर.टि.सी.लाई ल्यापटप Motherboard मा SIO अथवा South bridge IC को वरिपरी राखेको हुन्छ। यस कृष्टलको बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
Crystal को काम (Function of Crystel)
a.RF Crystal
RF Crystal ले उत्पादन गरेको Frequency लाई CLK Frequency भनिन्छ। यसले उत्पादन गरेको Frequency लाई विभिन्न सुचना र संकेत हरुलाई Carry गर्नको लागी प्रयोग गरिएको हुन्छ।
b.RTC(Real Time Clock)
RTC ले उत्पादन गरेको CLK Frequency ल्यापटपमा Time चलाउनको लागि प्रयोग गरिएको हुन्छ।
6.ट्रान्जिस्टर (Transistor)
ट्रान्जिस्टरलाई पनि डायोडलाई जस्तै गरी PN जङ्शन मिलाएर बनाइएको हुन्छ। डायोडमा PN एउटा मात्र जङ्शन राखिएको हुन्छ भने ट्रान्जिस्टरमा दुई वटा PN जङ्शन राखेर बनाईएको हुन्छ। ट्रान्जिस्टरलाई बिभिन्न कामको लागि प्रयोग गरिएको हुन्छ। बिशेषगरी ट्रान्जिस्टरहरुलाई सिग्नल एम्पिलिफायर गर्न,भोल्टेज रेगुलेटर गर्न, भोल्टेज स्वीचिङ्ग गर्न र ओशिलेटर गर्नका लागि प्रयोग गरिन्छ। यसको बारेमा तल केहि बर्णन गरिएको छ।
१. सिग्नल एम्पिलिफायर गर्ने
सिग्नल एम्पिलिफायर गर्ने ट्रान्जिस्टरको कार्य भनेको सानो इनपूट सिग्नललाई ठुलो बनाएर दिनु हो। यस्ता ट्रान्जिस्टरहरु सबै इलेक्ट्रोनिक्स सामानहरुमा प्रयोग गरिएको हुन्छ। ट्रान्जिस्टरले कुनै पनि सिग्नल एम्पिलिफायर गर्दा सिग्नलको एम्पलिच्यटूलाई मात्र बढाउदछ भने सिग्नलको तरङ्ग लम्बाईलाई कुनै पनि फरक पार्दैन। सिग्नल एम्पिलिफायर गर्ने ट्रान्जिस्टरको सिग्नल इनपुट भने हमेशा बेस पिनबाटै दिएको हुन्छ।
२. भोल्टेज स्वीचिङ्ग गर्ने
यस्तो ट्रान्जिस्टरको तिन पिन मध्ये बेस पिनमा यसलाई अपरेट गर्नको बायसिङ्ग भोल्टेज दिइन्छ। सो बायसिङ्ग यस ट्रान्जिस्टरको बेस पिनले पाउना साथ ट्रान्जिस्टरको कलेक्टर र इमिटर बिच करेण्ट बहन्छ। यसरी कलेक्टर र इमिटरमा करेण्ट बहदा अर्को भागमा रहेको कुनै पनि सामानलाई On/Off गर्न सकिन्छ।
३. भोल्टेज रेगुलेटर गर्ने
घटबड भएर आउने करेन्ट तथा भोल्टेजलाई सिधै कुनै सम्वेदनशील आई.सीहरुलाई दिन सकिदैन। यस्तो असमान भोल्टेज दिँदा आई.सी.ले राम्रो सँग काम गर्न नसक्नुका साथै छिटो खराब पनि हुन्छ। त्यसैले एकै किसिमको समान रुपमा करेन्ट तथा भोल्टेज बनाएर दिने कामलाई रेगुलेटर भनिन्छ। यस्तो समान किसिमको करेन्ट वा भोल्टेज बनाउनको लागि रेगुलेटर ट्रान्जिस्टर प्रयोग गरिन्छ।
कम्प्यूटर तथा ल्यापटपमा बाईपोलार र मस्फेट गरि दुई किसिमको ट्रान्जिस्टर प्रयोग गरिन्छ।
- बाईपोलार ट्रान्जिस्टर
- मस्फेट ट्रान्जिस्टर
a.बाईपोलार ट्रान्जिस्टर
बाईपोलार ट्रान्जिस्टरमा दुई वटा PN जङ्शन राखेर बनाईएको हुन्छ। यस ट्रान्जिस्टरमा तीनवटा पिनहरु (खुट्टा) निकालिएको हुन्छ र खुट्टाहरुको नामाकरण बेस,कलेक्टर र इमीटर दिएको हुन्छ। ट्रान्जिस्टरको बेस पिनले ट्रान्जिस्टरमा बहने करेण्टलाई नियन्त्रण गर्छ भने कलेक्टरले कलेक्ट गर्र्ने काम अर्थात यस पिनले करेण्टलाई जम्मा गर्दछ र इमिटरले करेण्टलाई फैलाउने काम गर्छ। बाईपोलार ट्रान्जिस्टरको भित्री बनावट दुई प्रकारको NPN र PNP हुन्छ। यसको आन्तरिक बनावट तल देखाए जस्तै हुन्छ।
भोल्टेज स्वीचिङ्ग गर्ने बाईपोलार ट्रान्जिस्टर कालो रंगमा तिनवटा खुट्टा भएको हुन्छ। यस ट्रान्जिस्टरको माथीको साइड तिर एउटा खुट्टा र तलको साइड तिर दुईवटा खुट्टाहरु हुन्छ। भोल्टेज स्वीचिङ्ग गर्नको लागि राखिएको ट्रान्जिस्टर लाई स्वीचिङ्ग ट्रान्जिस्टर भनिन्छ। यस ट्रान्जिस्टरको बाहिरी बनावट तल चित्रमा देखाए जस्तै हुन्छ।
भोल्टेज रेगुलेटर गर्ने बाईपोलार ट्रान्जिस्टर कालो रंगमा माथीको साइड तिर एउटा ठुलो खुट्टा र तलको साइड तिर तिनवटा सानो खुट्टाहरु हुन्छ। यस किसिमको ट्रान्जिस्टर लाई भोल्टेज रेगुलेटर गरेर दिनको लागि केहि राखिएको हुन्छ। यो रेगुलेटर रेगुलेटर गर्ने बाईपोलार ट्रान्जिस्टरको बाहिरी बनावट तल चित्रमा देखाए जस्तै हुन्छ।
b.मस्फेट ट्रान्जिस्टरको
P/N मध्ये कुनै एक सेमिकण्डक्टर बाट बनाईएको ट्रान्जिस्टर लाई मस्फेट ट्रान्जिस्टर भनिन्छ। मस्फेट ट्रान्जिस्टरको तीनवटा खुट्टाहरु ड्रेन,सोर्स र गेट भनिन्छ। बिशेषगरी मस्फेट ट्रान्जिस्टर लाई भोल्टेज रेगुलेटर गर्न र भोल्टेज स्वीचिङ्ग गर्नका लागि ३,६ वा ८ खुट्टाहरु भएको प्रयोग गरिन्छ। यस मस्फेटको बाहिरी बनावट तल देखाए जस्तै आयतकार आकारको हुन्छ।
भोल्टेज रेगुलेटर गर्ने मस्फेट ट्रान्जिस्टर ल्यापटप मदरबोर्डमा ८ खुट्टाहरु भएको प्रयोग गरिएको हुन्छ। यस प्रकारको मस्फेट Singal अथवा Dual(Pack up) तल चित्रमा देखाए जस्तै हुनसक्छ।
8 Legs Singal Mosfet
8 Legs Dual(Pack up) Mosfet
तीनवटा खुट्टा भएको मोस्फेट ट्रान्जिस्टर ल्यापटपमा मदरबोर्डमा भोल्टेज स्वीचिङ्ग गर्नको लागि प्रयोग गरिएको हुन्छ। यस किसिमको मोस्फेट ट्रान्जिस्टर तल चित्रमा देखाए जस्तै ३ वा ६ खुट्टाहरु भएको हुनसक्छ।
3 Legs Mosfet
6 Legs Dual(Pack up) Mosfet
Transistor को काम (Function of Transistor)
a.Voltage regulator गर्ने Transistor
Unregulate(असमान) Voltage लाई Regulate (समान) बनाएर दिने प्रकृया लाई Voltage regulator गर्ने भनिन्छ। Voltage regulator गर्ने Transistor ले घटबढ भएर आएको voltage लाई समान (एकनास को) बनाएर दिने काम गर्दछ।
b.Voltage Switching गर्ने Transistor
Voltage लाई चाहिएको बेला मात्र दिनु लाई Voltage Switching गर्ने भनिन्छ। Voltage लाई चाहिएको बेला मात्र Switching गरेर दिनको लागि राखिएको Transistor लाई नै Switching भनिएको हो। Voltage लाई Switching गरेर दिनको लागि Bipolar अथवा Mosfet कुनैपनि Transistor प्रयोग गर्न सकिन्छ।
Bipolar Transistor र Mosfet Transistor मा के फरक छ?
Voltage लाई Regulate (समान) बनाएर दिनको लागि कुनैपनि Bipolar अथवा Mosfet Transistor प्रयोग गर्न सकिन्छ। Bipolar Transistor ले भन्दा Mosfet Transistor ले निकै तीव्र गतिमा Heat नभइकन काम गर्नसक्ने क्षमता हुन्छ त्यसैले Bipolar भन्दा Mosfet लाई राम्रो मानिन्छ।
7. ON/Off Switch(2 & 4 Pin)
ल्यापटप लाई अन र अफ गर्नको लागि राखिएको स्वीच लाई अन र अफ भनिन्छ। यस्ता स्वीचहरुलाई हामीले केही समय थिचेर छोड्ने गरिन्छ। यसरी स्वीच दबाउदा स्वीचको एक पिनमा दिएको ग्राउण्ड अर्को पिनमा कनेक्ट हुनगई SIO आई.सी.मा पुग्दछ।
8. Fuse
विद्युतीय सर्किटहरूको सुरक्षाको लागि राखिएको सामान लार्इ फ्यूज भनिन्छ। यस्ता फ्यूज धेरै आकार र प्रकारमा आउँदछ, फ्यूजको बाहिरी बनावट LF, TF,F,E,M,X,L.. लेखेको अथवा तल चित्रमा देखाए जस्तै पनि हुनसक्छ।
फ्यूजको काम
फ्यूज हुदै करेण्ट अगाडिको सेक्सनमा प्रवाह हुँदा यसको क्षमता भन्दा बढी लोड (अधिक भार) लिएमा अथवा अगाडि सर्किट सर्ट छ भने आफै जलेर आफु भन्दा अगाडीको भागलाई पुर्ण रुपमा खराब हुनबाट बचाउछ। कम्प्यूटर तथा ल्यापटपमा यस्ता फ्यूज हरु प्राय एउटा सेक्सनबाट अर्को सेक्सनमा भोल्टेज जाने बाटोमा बढी प्रयोग गरेको पाईन्छ।
9. EIT Protection (Ethernet Isolation Transformer)
EIT Protection लार्इ Ethernet Isolation Transformer पनि भनिन्छ। विद्युत चुम्बकीय शक्तिको हानिकारक प्रभावहरुबाट बचाउनको र DC currents लाई पुरै block गर्न Motherboard को LAN कनेक्टर नजिकै राखिएको हुन्छ।
ल्यापटपमा प्रयोग गरिने बिभिन्न आई.सी.हरु
ल्यापटपमा प्रयोग गरिने आई.सी.हरुको बाहिरी बनावट निम्न प्रकारको हुन्छ ।
1.BGA (Ball Grid Architecture/Array)
2.SMD (Surface Mount Device Type)
1.BGA (Ball Grid Architecture/Array)
बि.जि.ए.आई.सी.को सोल्ड्रीङ्ग बलहरु आई.सी.को तल्लो भागमा तलको चित्रमा देखाए जस्तै गरि राखिएको हुन्छ। ल्यापटपमा सबैभन्दा बढि बि.जि.ए.आई.सी.नै प्रयोग गरिएको पाईन्छ। बि.जि.ए.आई.सी.हरुको Pin count तलको चित्रमा देखाए जस्तै गरी गनिन्छ। यहाँ तेर्सो लाईनमा A,B,C,D,E,F,G,H,J,K र ठाडो लाईनमा 1,2,3,4,5,6,7 दिएको छ अब हामीले ठाडो र तेर्सो लाईन लाई मिलाएर पिनको नाम दिईन्छ। जस्तै बायाँ चित्रमा देखाएको आई.सी.को तल बायाँतिर काटिएको(Cut Point) हुन्छ। त्यहि काटिएको भागको ठिक माथिको पिनको नाम तेर्सोमा A र ठाडोमा 1 नम्बर छ, यो पिनलाई A1 भनिन्छ। यस्तै गरी आई.सी.को सबै पिनहरु गनिन्छ। बि.जि.ए.आई.सी.हरुको बनावट तल देखाए जस्तै हुन्छ।
2.SMD (Surface Mount Device Type)
एस.यम.डी.आई.सी.हरुको बनावट बाहिरबाटै देखिने दुई तर्फ वा चारै तर्फ पिन भएको र PCB मानै जोडेर राख्ने भएकोले एस.यम.डी.भनिएको हो। यस प्रकारको बनावट भएका आई.सी.हरु चाईनिज ल्यापटपमा बढि प्रयोग गरिएको पाईन्छ। यस्ता आई.सी.हरुको पिन गन्नुपर्दा तल चित्रमा देखाए जस्तै आई.सी.लाई आफुतिर फर्काएर मार्किङ्ग गरेको एक साईडतीर (गोलो वा सेतो धर्का लगाएको) ठिक तलको पिनलाई १ नम्बर मानेर दायाँ तिर गन्दै जानुपर्छ ।
१. साउथ ब्रिज (South bridge)
साउथ ब्रिज आई.सी.लाई ICH-Input/Output Controller Hub पनि भनिन्छ। यस साउथ ब्रिज आई.सी.को मदरबोर्डमा निकै महत्वपूर्ण भुमिका रहेको हुन्छ। यसले ल्यापटप मदरबोर्डमा हुने Input/Output को बिचमा रहेर इन्टरफेशको काम गर्दछ। जस्तै USB Port, Audio Driver Chips,Lan Driver Chips,SIO Chips, BIOS, PCIe Slot,Hard Disk Drive,DVD Drive….आदी।
ल्यापटप मदरबोर्डमा साउथ ब्रिज आई.सीलाई चिन्नुपर्दा यस आई.सी.को नजिकै Northbridge अथवा Processor(CPU) राखिएको हुन्छ र साउथ ब्रिज आई.सी.को बाहिरी बनावट ठुलो आकारमा तल चित्रमा देखाए जस्तै हुन्छ।
२. नर्थ ब्रिज (North bridge)
नर्थ ब्रिज आई.सीलाई GMCH- Graphics Memory Controllers Hub अथवा Graphic chip पनि भनिन्छ। यस नर्थ ब्रिज आई.सी.को नजिकै Processor(CPU) राखिएको हुन्छ। North bridge आई.सी.को बाहिरी बनावट साउथ ब्रिज जस्तै ठुलो आकारमा तल चित्रमा देखाए जस्तै हुन्छ। हाल बजारमा आइरहेका सबै ल्यापटप मदरबोर्डमा नर्थ ब्रिज आई.सी.लाई Processor(CPU) भित्रनै प्याक गरिएको हुन्छ। नर्थ ब्रिज को मुख्य काम CPU,Memory र Display (ग्राफिक्स) बिचमा रहेर काम गर्ने हो।
३. सूपर आई.ओ.(Super IO IC)
सूपर आई.ओ.आई.सी. square shape मा साउथ ब्रिज आई.सी.भन्दा सानो साइजमा हुन्छ। ल्यापटप मदरबोर्डमा Winbond, ENE, NVOTON,SMSC,SMC, ITE, ALI, MISC, VIA, SIS, UMC……..जस्ता कम्पनीका सूपर आई.ओ. धेरै प्रयोग गरिएको पाईन्छ। SIO chip Number :- (PC97338, PC87392,FDC7N869, FDC37N958, LPC47N227, LPC47N267 PC87591S/ PC 87591L / PC 97317IBW/PC 87393 VGJ PC87591E ETC )
सूपर आई.ओ.आई.सी.को मूख्य काम ल्यापटप मदरबोर्डमा राखिएका सम्पूर्ण पावर सेक्सनहरू लार्इ अन अफ गर्ने हो। सूपर आई.ओ.ल्यापटप मदरबोर्डमा South bridge,Keyboard र Touch pad सँग सिधै जोडिएको हुन्छ। सूपर आई.ओ.आई.सी.सँग नै ल्यापटपको अन अफ गर्ने स्वीच जोडिएको हुन्छ। उक्त स्वीचलाई हामीले केही समय प्रेस गर्दा(दबाउदा) सूपर आई.ओ.आई.सी.ले टीगर पाएर मदरबोर्डमा राखिएका पावर सेक्सनहरू का असिलेटर आई.सी.हरुलाई Enable गर्छ। सूपर आई.ओ.आई.सी.खराब भएमा असिलेटर आई.सी.हरुले Enable command नपाउने हुँदा ल्यापटप पूर्ण रुपमा डेड (Dead) हुन्छ। ल्यापटप on नै नहुने समस्या आउदा सबैभन्दा बढी यो आई.सी.नै खराब हुने गर्छ।
४. बायोस आई.सी.(BIOS IC)
ल्यापटपको मदरबोर्डमा एउटा फ्लास मेमोरी राखिएको हुन्छ जसलाई (Basic input/output system) बायोस आई.सी.भनिन्छ। बायोस आई.सी.हरु बिभिन्न कम्पनीका जस्तै Winbond,Dell,Intel,ASUS,IBM,AT,SST,Amtel.. को प्रयोग गरिएको पाईन्छ। ल्यापटपको मदरबोर्डमा बायोस मेमोरी ८ पिनको प्रयोग गरिएको हुन्छ। यस प्रकारको मेमोरीको बाहिरी बनावट र पिन लेआउट तल देखाए जस्तै हुन्छ।
BIOS IC Pin description
1.CS# Chip Select pin 2.SO Serial Data Output pin 3.WP# Write Protection pin 4.Ground 5.SI Serial Data Input pin 6.SCLK Clock Input Pin 7.HOLD# To pause device 8.VCC
यसले सफ्टवयर र हार्डवयर को बिचमा इन्टरफेशको रुपमा काम गर्दछ। हामीले ल्यापटप लाई अन गर्दा CPU ले यहि BIOS भित्र स्टोर गरेर राखेको फाईल कपि गर्दछ र System devices हरु जस्तै Video display,Keyboard, touch, Hard disks drive, Optical disc drive… तथा अन्य Hardware थाहा पाउछ। यस BIOS चिपमा प्रोग्राम भने Firmware (Award,Ami,IBM,Phoenix.. ) को राखिएको हुन्छ।
५. अडियो ड्राईभर आई.सी.(Audio Driver IC)
अडियो ड्राईभर आई.सी.कम्प्यूटर तथा ल्यापटपको मदरबोर्डमा प्राय Realtek कम्पनीको Square shape मा चारैतिर खुट्टा भएको धेरै प्रयोग गरिएको पाईन्छ। अडियो ड्राईभर आई.सी.को बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
यस अडियो आई.सी.को मुख्य काम साउथ ब्रिज बाट प्राप्त डिजिटल अडियो सिग्नललाई एनलगमा परिवर्तन गरी दिनु हो। त्यस्तै अडियो पोर्टको माइक बाट आएको एनलग सिग्नललाई फिल्टर गर्ने, हल्का एम्पीलिफाई गरेर डिजिटलमा सिग्नलमा परिवर्तन गरी साउथ ब्रिज लाई दिने काम पनि गर्दछ।
६. अडियो एम्पीलिफायर आई.सी.(Audio Ampilifier IC)
एम्पीलिफायर आई.सी.ल्यापटपको मदरबोर्डमा स्पीकर कनेक्टर र अडियो ड्राईभर आई.सी.नजिकै राखिएको हुन्छ। यस अडियो एम्पीलिफायर आई.सी.को बाहिरी बनावट Square अथवा Rectangle shape मा तल देखाए जस्तै हुनसक्छ।
यस अडियो एम्पीलिफायर आई.सी.को काम अडियो ड्राईभर आई.सी.ले दिएको अडियो सिग्नललाई एम्पीलिफायर गरेर स्पीकरलाई दिने हो। स्पीकरले उक्त बिद्युतीय तरङ्गलाई ध्वनीमा परिवर्तन गरे पछि मात्र हामीले सुन्दछौ।
७. कल्क जेनेरेटर आई.सी.(Clock Generator IC)
कल्क जेनेरेटर आई.सी.लाई कम्प्यूटर तथा ल्यापटपको मदरबोर्डमा 14.318 Mhz को Crystel नजिकै राखिएको हुन्छ। यस आई.सी.को बाहिरी बनावट तल देखाए Square अथवा Rectangle shape हुनसक्छ।
कम्प्यूटर तथा ल्यापटपमा मदरबोर्डमा Clock Generator IC ले एक निश्चित किसिमको टाइमिङ्ग सिग्नल (Clock Signal) उत्पादन गर्दछ जुन Squre Wave जस्तो हुन्छ। Clock Generator IC ले उत्पादन गरेको यहि CLK को माध्याम बाट CPU ले बिभिन्न Information carry गर्ने काम गर्दछ।
८. ल्यान ड्राईभर आई.सी.(Lan driver IC)
ल्यान ड्राईभर आई.सी.लाई कम्प्यूटर तथा ल्यापटपको मदरबोर्डमा 25.0 Mhz को Crystal नजिकै राखिएको हुन्छ। यस आई.सी.प्राय जसो Realtek कम्पनीको र बाहिरी बनावट Square अथवा Rectangle shape मा हुनसक्छ। यो आई.सी.इन्टरनेट सँग सम्बन्धित भएकोले कम्प्यूटर तथा ल्यापटपको मदरबोर्डमा Lan Connector नजिकै राखिएको हुन्छ। यसले इन्टरनेट केबल बाट आउने र जाने डाटाहरुलाई स्वीचिङ्ग गरी साउथ ब्रिज सँग ड्राईभ गर्दछ।
९. ओशिलेटर आई.सी.( OscillatorIC)
ओशिलेटर आई.सी.को बाहिरी बनावट Square अथवा Rectangle shape मा हुनसक्छ र यस आई.सी.लार्इ मोस्फेटहरु कै वरिपरि राखिएको हुन्छ। ओशिलेटर आई.सी.लाई ल्यापटपको मदरबोर्डको पावर सेक्सनहरूमा प्रयोग गरिएका मोस्फेटहरु लाई ड्राइभ गर्न राखिएको हुन्छ। ओशिलेटर आई.सी.ले मोस्फेटको गेट पिनमा पल्स दिने काम गर्दछ। मोस्फेटले Output गर्ने Voltage लाई यहि ओशिलेटर आई.सी.ले नै नियन्त्रण गर्दछ। ओशिलेटर आई.सी.को बाहिरी बनावट तल देखाए जस्तै हुन्छ।
१०. भोल्टेज रेगुलेटेर आई.सी. (Voltage Regulator IC)
भोल्टेज रेगुलेटेर आई.सी.ल्यापटप मदरबोर्डमा ३,५ र ६ खुट्टा भएको प्रयोग गरिएको हुनसक्छ। भोल्टेज रेगुलेटेर आई.सी.ल्यापटप मदरबोर्डमा Fixed positive भोल्टेज रेगुलेटेर गरेर दिनको लागि प्रयोग गरिएको हुन्छ। ल्यापटप तल चित्रमा देखाए जस्तै सानो पाँचवटा खुट्टा भएको बढि प्रयोग गरिएको पाईन्छ। मोस्फेटमा जस्तै भोल्टेज रेगुलेटेर आई.सी.मा पनि Output Voltage लाई Control गर्न Adj.Pin मा Control Signal कुनै अर्को सेक्सनले दिएको हुन्छ।
पाँचवटा खुट्टा भएको भोल्टेज रेगुलेटेर आई.सी.को Pinout तलको चित्रमा देखाए जस्तै हुन्छ।
Diagram link
http://servicetron.com/computer-manual.html
http://www.s-manuals.com/notebook
http://lqv77.com/
BIOS file link
www.laboneinside.com
www.vinafix.com